माओवादीमा पदाधिकारी २१ सदस्यीय, उपमहासचिव ७ जना

माओवादीमा पदाधिकारी २१ सदस्यीय, उपमहासचिव ७ जना


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने भएको छ ।

शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ पद प्रस्ताव गरेका छन् । अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव स्थायी कमिटी बैठकमा पेस भएको हो । वरिष्ठ उपाध्यक्षमा नाराणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा यसअघि नै घोषित भइसकेका छन् ।

शुक्रबारको बैठकले पदाधिकारी चयन गर्ने भने पनि महासचिवमै सात नेताले दाबी गरेका कारण टुंगो नलागेको बताइएको छ । माओवादीको विधानमा पदाधिकारीको संख्या प्रस्ट नभएकाले अध्यक्ष प्रचण्डले आफ्नो तजबिजमा नेता व्यवस्थापन गर्न २१ सदस्यीय प्रस्ताव गरेका हुन् ।

एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष एकएक जना हुनेछन् । उपमहासचिव ७ र सचिव ९ जना रहने प्रस्ताव आएको ती नेताले बताए ।