गृहमन्त्री खाणले भने: नागरिकता विधेयकले राष्ट्रियतालाई बलियो बनाउँछ

गृहमन्त्री खाणले भने: नागरिकता विधेयकले राष्ट्रियतालाई बलियो बनाउँछ


ग्लोब नेपाल
189
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट बहुमतले पारित गरिएको नागरिकता ऐन संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन्।

शुक्रबार श्री कृष्ण जन्माअष्टमीको अवसरमा काठमाडौंमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले नागरिकता पाउन नसकेका आमाबाबुका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने उनले दावी गरे । ‘नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनु पर्ने थियो’, उनले भने,’तर, २०७२ सालमा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन। अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नमगरिकता दिन विधेयक अगाडि बढाएको हो।’

विधेयकको पक्षमा सबैले साथ दिनु पर्नेमा निर्वाचन नजिकिएकाले केही दलहरुले नभएका कुरा प्रचार गरेको उनले आरोप लगाए ।