कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर


ग्लोब नेपाल
891
Shares

काठमाडौं । कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा थप समस्या देखिएको छ । नेता गिरिको न्युमोनिया गम्भीर अवस्थामा पुगेपछि बिहीबार बिहानदेखि भेन्टिलेटरको सपोर्टमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी) मा राखिएको छ । आईसीयूमा राखिएका बिरामीलाई पनि भेन्टिलेरको सहयोग पर्न सक्छ, जुन नन् इन्भेसिभ भेन्टिलेटर हो । भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए ।

शुक्रबार नेता गिरीको स्वास्थ्य अवस्थाबारे बुझ्न मेडिसीटी गएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गिरीको स्वास्थ्यलाभका लागि सबैसँग प्रार्थना गर्न आग्रह गरेका छन्। अस्पतालबाट फर्किएपछि निधिले ट्विटरमा लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रो पटक हेरेर बाटोमा फर्कंदै छु। स्तब्ध र निरीह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु। सबैले प्रार्थना गरौं!’