प्रदेश सांसदलाई बजेट बाँड्ने काम रोक्न प्रदेश १ र गण्डकीलाई आयोगको निर्देशन

प्रदेश सांसदलाई बजेट बाँड्ने काम रोक्न प्रदेश १ र गण्डकीलाई आयोगको निर्देशन


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेश र प्रदेश नम्बर १ लाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत सांसदलाई पैसा नबाँड्न निर्देशन दिएको छ ।

शुक्रबार आयोगका प्रवक्ता शालिग्राम पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला योजना छनोटर र योजना बाँड्ने तयारी भएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् । निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वभाविक मान्न नसकिने आयोगको भनाइ छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘अझ वितरणमुखी कार्यक्रमले त निर्वाचनको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने देखिन्छ । आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न विभिन्न निकायलाई निर्देशन दिन सक्ने स्पष्ट कानुनी व्यवस्था भएको हुँदा आयोगले उपर्युक्त प्रदेश सरकारहरूलाई उल्लिखित काम कारबाहीहरू नगर्न नगराउन हुन् निर्देशन दिइन्छ ।’

निर्वाचनको मिति घोषणा भइसकेपछि प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नामबाट छोटो अवधिमा योजना र बजेट वितरण गर्ने गरी किन कार्यक्रम किन सुरु गर्नुपरेको हो भनेर आयोगले स्पष्टीकरणसमेत सोधेको छ ।

हेर्नुहोस् विज्ञप्तिः