७ सय ५२ स्थानीय तहमा वाणिज्य बैँकका शाखा विस्तार

७ सय ५२ स्थानीय तहमा वाणिज्य बैँकका शाखा विस्तार


ग्लोब नेपाल
0
Shares

काठमाडौं । देशका सात सय ५२ वटा स्थानीय तहमा वाणिज्य बैँकका शाखा विस्तार भएका छन् । गतवर्ष सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेकोमा २०७९ असारसम्म थप दुई स्थानीय तहमा शाखा विस्तार भएको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

बझाङको साईपाल गाउँपालिकामा भने हालसम्म बैँकको सेवा विस्तार हुन सकेको छैन । राष्ट्र बैँकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीअनुसार देशभर २६ वाणिज्य बैँक, १७ विकास बैँक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । गतवर्ष बैँक तथा वित्तीय संस्थाहरूका दश हजार ६ सय ८३ शाखा रहेकोमा २०७९ असार मसान्तमा ११ हजार पाँच सय २८ पुगेको छ ।