कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था स्थिर

कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था स्थिर


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर छ ।

शनिवार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ। उनका स्वकीय सचिव कृष्ण खनालका अनुसार हिजो शुक्रबार जे अवस्था थियोे अहिले त्यहि स्थिति छ । लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किएका थिए ।

स्वास्थ्यमा क्रमिक सुधार भइरहँदा कही दिन अघि उनको छातीमा संक्रमण देखिएको हो । उनको अहिले मेडी सिटी हस्पिटल ललितपुरमा उपचार भइरहेको छ ।