कांग्रेस नेता गिरीको परिवारले भन्यो: उहाँको सुस्वास्थ्यको लागि प्रार्थना गरौँ

कांग्रेस नेता गिरीको परिवारले भन्यो: उहाँको सुस्वास्थ्यको लागि प्रार्थना गरौँ


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता, सांसद एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि पारिवारिक स्रोतले उनको सुस्वास्थ्यको लागि प्रार्थना गर्न अनुरोध गरेको छ ।

गिरीको पछिल्लो स्वास्थ्य अवस्था बारे उनी पत्नी भारती सिलवाल गिरीले वक्तव्य जारी गर्दै स्वास्थ्य लाभको प्रार्थना गर्न समेत अपिल गरेकी हुन् । भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर गिरिलाई अस्पताल भर्ना गरिएको भारतीले जानकारी दिएकी छन् ।अहिले निमोनिया बढेको भन्दै वत्तव्यमा भनिएको छ, ‘यसले धेरै अंगहरु फेल भइरहेका छन् ।’

उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । पछिल्लो समय उनको स्वास्थ्य थप जटिल बनिरहेको छ ।