पदाधिकारी २१ सदस्यीय बनाउने प्रचण्डको प्रस्ताव, महासचिवमा देव गुरुङ

पदाधिकारी २१ सदस्यीय बनाउने प्रचण्डको प्रस्ताव, महासचिवमा देव गुरुङ

अरु को को परे पदाधिकारीमा ?


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा जारी स्थायी कमिटीको बैठकमा प्रचण्डले सो प्रस्ताव पेस गरेका हुन् । जसमा अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने एक नेताले बताए ।

ती नेताका अनुसार महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर प्रस्ताव भएका छन् । त्यस्तै, उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन् ।

त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हित राज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।