कांग्रेसले १० भदौदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

कांग्रेसले १० भदौदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने


ग्लोब नेपाल
459
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी १० भदौदेखि २४ सम्म ‘जनताको साथमा कांग्रेस’ चुनावी अभियान अभियान सञ्चालन गर्ने भएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आगामी भदौ १० गते २४ गतेसम्म पहिलो चरणको अभियान सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार ‘जनताको साथमा कांग्रेस’ नामको उक्त अभियानका ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाउने र केन्द्रीय प्रतिनिधिका लागि आइतबार अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

उनले यो अभियानमा विशेष गरेर जनताको बीचमा जाने र जनताको कुरा सुन्ने र आत्मसात गर्ने काम हुने जानकारी दिए । उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा के–के काम भए भनेर जनतामा प्रस्तुत हुन्छौँ । तालमेल गरेर जाने विषयमा जानकारी लिनेछौँ र यसको आवश्यकताको बारेमा पनि चर्चा गर्नेछौँ ।’

केन्द्रीय प्रतिनिधिहरू तोकिएको ठाउँमा ५ दिनसम्म कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।

महतले दोस्रो चरणमा समानुपातिकको उम्मेदवारी दर्तापछि जनताको बीचमा जाने अभियान सञ्चालन गर्ने र निर्णायक अभियान प्रत्यक्ष तर्फका उम्मेदवार तय भएपछि अभियान सञ्चालन गरिने पनि बताए ।