काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ४ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय कार्यदल गठन गरेको छ ।
शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । उनले भने, ‘आगामी निर्वाचनका लागि हामीले आजको बैठकबाट घोषणापत्र तयार गर्न एउटा टिम बनाएका छौं । गठबन्धनको तर्फबाट पनि तयारी भइरहेको छ । हाम्रो एउटा मस्यौदा तयार होस भनेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ जनाको टिम बनाएका छौं ।’
कार्यदलमा राखिएका सदस्यहरु यस प्रकार छन् ।
संयोजक नारायणकाजी श्रेष्ठ
सदस्यहरु
देव गुरुङ
वर्षमान पुन
जनार्दन शर्मा
गिरिराजमणी पोखरेल
लिलामणी पोखरेल
शक्ति बस्नेत
गणेश साह
पर्शुराम रम्तेल
अमृता थापा
हरि रोक्का
जाकिर हुसेन
कृष्ण चौधरी
पर्शुराम तामाङ
भीमा ढुंगाना
जगत सिम्खडा


प्रतिक्रिया