केहि दिनमै वार्षिक कार्यतालिका सार्वजनिक गर्ने शिक्षक सेवा आयोगको तयारी

केहि दिनमै वार्षिक कार्यतालिका सार्वजनिक गर्ने शिक्षक सेवा आयोगको तयारी


ग्लोब नेपाल
11.2k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले आगामी मंसिरमा स्थायी शिक्षकको विज्ञापन गर्ने गरी आर्थिक वर्ष २०७९/८० को पदपूर्तिसम्बन्धि वार्षिक कार्यतालिका केहि दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

अबको केहि हप्ताभित्र नया वार्षिक कार्यतालिका सार्वजनिक गर्ने अन्तिम तयारी गरेको आयोग स्रोतले जनाएको छ । ‘आगामी मंसिरमा स्थायी शिक्षकको नयाँ विज्ञापन गर्ने गरी वार्षिक कार्यतालिका बनाइरहेका छौँ’, स्रातले भन्यो ‘अबको केहि दिनभित्र पदपूर्तिसम्बन्धि वार्षिक कार्यतालिका सार्वजनिक गर्छौ ।’

स्रोतका अनुसार उक्त वार्षिक कार्यतालिका सार्वजनिक भएपछि नयाँ रिक्त स्थायी शिक्षकको बाँकी पदपूर्तिको काम अगाडी बढनेछ ।