काठमाडौँ । आईतबार (आज) बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेस नेता तथा सांसद प्रदीप गिरिको निधन भएकाले आजको बैठक सारिएको हो ।आजको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन् ।
उनका अनुसार कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण सांसद्हरु श्रद्धाञ्जली सभाहरु र अन्येष्टिमा व्यस्त हुने भएकाले आजको बैठक स्थगित गरिएको हो ।
गिरिको निधनमा भोलिको बैठकमा शोक प्रस्ताव पेस गरिने उनले जनाए ।

प्रतिक्रिया