जसपा नेपालको प्रवक्तामा मनिस कुमार सुमन

जसपा नेपालको प्रवक्तामा मनिस कुमार सुमन


ग्लोब नेपाल
162
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले मनिस कुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ । जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको जसपाले जनाएको छ ।

पार्टी प्रवक्ताको रुपमा सुमनले देश र जनताको सर्वोतम हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उदेश्य प्राप्तिका लागि अझ बढी प्रभावकारी रुपमा भूमिका खेल्ने विश्वास जसपाले व्यक्त गरेको छ ।