बोनस सेयर पारित गर्न नागरिक लगानी कोषको साधारणसभा बस्दै

बोनस सेयर पारित गर्न नागरिक लगानी कोषको साधारणसभा बस्दै


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नागरिक लगानी कोष (सीआइटी) ले अघिल्लो आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारणसभा सोमबार गर्ने भएको छ ।

सभामा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

सञ्चालक समितिको ११ असारमा बसेको बैठकले बोनस तथा नगद लाभांश साधारण सभामा पेस गर्ने निर्णय गरेको थियो ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि सीआइटीले २५ साउनमा बुुक क्लोज गरिसकेको छ ।

तसर्थ, २४ साउनसम्म कायम रहेका सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।