गिरिप्रति अन्तिम श्रद्धाञ्जली दिन ओली पुगे पशुपति आर्यघाट

गिरिप्रति अन्तिम श्रद्धाञ्जली दिन ओली पुगे पशुपति आर्यघाट


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाली कांग्रेस नेता तथा सांसद प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् ।

अध्यक्ष ओलीले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे । शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ ।

पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।