सेयर बजार झिनो अंकले घट्यो 

सेयर बजार झिनो अंकले घट्यो 


ग्लोब नेपाल
0
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ७.७२ अंकले घटेको हो ।

यस दिन २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर कारोबार भएको हो । यस दिन १३२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ४७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।
यस दिन बैंकिङ, नन लाइफ र उत्पादनबाहेक अरु सबै समूहको समूहगत सूचक ओरालो लागेको छ ।