समाजवादी चिन्तक गिरीको अन्त्येष्टि

समाजवादी चिन्तक गिरीको अन्त्येष्टि


ग्लोब नेपाल
81
Shares

काठमाडौं । समाजवादी चिन्तक प्रदीप गिरीको पार्थिव शरीर पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली अर्पण गरेका थिए । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सो अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व गिरीप्रति सलामी अर्पण गर्यो । स्व गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिएका थिए ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ रहेका कांग्रेस सांसद गिरीको गएराति निधन भएको हो । गिरीको अन्त्यष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व गिरीका श्रीमती र एक छोरा छन् ।