भदौ १५ भित्रै कक्षा १२ को नतिजा, प्रयोगात्मक परीक्षामा ४० प्रतिशत नल्याए फेल !

भदौ १५ भित्रै कक्षा १२ को नतिजा, प्रयोगात्मक परीक्षामा ४० प्रतिशत नल्याए फेल !


ग्लोब नेपाल
2.2k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ गतेभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षा १५ गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेकाे परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको छ । केही दिनमा प्राप्ताङ्क चढाउने काम सकिएपछि नतिजा प्रकाशित गरिने शर्माले बताए । परीक्षामा देशभरिकाट ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

यो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार नतिजा प्रकाशित गरिने परीक्षा नियन्त्रक शर्माले बताए । उक्त निर्देशिका अनुसार यस पालिको नतिजामा नन-ग्रेडिङ लागू हुनेछ । विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफत प्राप्त गरे पनि नन–ग्रेडिङ समेत लागू हुनेछ । त्यस्तो भएमा विद्यार्थीले पुनः परीक्षा दिनुपर्नेछ ।

परीक्षा नियन्त्रक शर्माका अनुसार प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा कम अङ्क आएमा पुनः परीक्षा दिनुपर्नेछ। यसअघि माध्यमिक परीक्षा (एसईई) मा पनि यही नन– ग्रेडिङ लागू गर्ने भनिएको थियो । तर, अन्तिममा आएर रोकिएको थियो ।