अब आइपिओ भर्दा सी-आस्बा शुल्क पाँच रुपैयाँ मात्र लाग्ने

अब आइपिओ भर्दा सी-आस्बा शुल्क पाँच रुपैयाँ मात्र लाग्ने


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । आइपिओ भर्दा सी-आस्बाको शुल्क अधिकतम पाँच रुपैयाँ मात्र लाग्ने भएको छ । हाल यस्तो शुल्क अधिकतम एक सय रुपैयाँसम्म लाग्ने गरेको छ ।

सेयर भर्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी-आस्बा भनिन्छ । अब यसरी सी-आस्बाबाट उठ्नेमध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री प्रवन्धकले प्राप्त गर्ने भएको छ ।

सेन्ट्रलाइज्ड आस्बा’ लाई छोटकरीमा सी-आस्बा भन्ने गरिएको छ। आस्बाको पूरा रूप ‘एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट’ हो। लगानीकर्ताले विभिन्न बैंकबाट आवेदन दिएपछि खातामा तोकिएको रकम रोक्का हुने र आवेदन एकीकृत भई बिक्री प्रबन्धकले पाउने भएकाले यसलाई सी-आस्बा प्रणाली भनिएको हो। यो प्रणालीमा बाँडफाँट भइसकेपछि सेयर नपरेको रकम खातामै फूकुवा हुनेछ।