सांसद गिरिको निधनमा प्रतिनिधि सभाद्वारा शोक प्रस्ताव पारित

सांसद गिरिको निधनमा प्रतिनिधि सभाद्वारा शोक प्रस्ताव पारित


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रतिनिधि सभाले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार (आज) बसेको प्रतिनिधि सभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो । प्रतिनिधि सभाको अर्को बैठक ७ भदौ मंगलबार १० बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।

२०५१ को संसदीय चुनावमा सिरहा-५ बाट निर्वाचित भएका गिरि २०६२/०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधि सभा सदस्य, २०६४ र २०७० को संविधान सभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।