पार्टी एकताका लागि संयोजन समिति बनाउन प्रचण्ड र माधव नेपाल सहमत

पार्टी एकताका लागि संयोजन समिति बनाउन प्रचण्ड र माधव नेपाल सहमत

एउटै घोषणापत्रमा चुनाव लड्न पनि तयार


ग्लोब नेपाल
405
Shares

काठमाडौं । सत्तारुढ दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ ।

सोमबार बिहान हात्तिवनस्थित प्रचण्डका भान्जा गोकुल भण्डारीको घरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए ।

भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए । एकीकृत समाजवादीले यसअघि नै पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरिसकेको छ । ती नेताका अनुसार बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन् ।

आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको बताइएको छ ।