नेपाल र बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर

नेपाल र बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर

स्वास्थ्य क्षेत्रका जनशक्ति पाँच वर्षका लागि बेलायत जान पाउने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।

नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्टलगायत पनि पठाउने गरी श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ । दुवै देशका प्रतिनिधि सम्मिलित अध्ययन समितिले समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिएपछि सामेबार हस्ताक्षर भएको मन्त्रालयका प्रवक्ता सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए ।