गठबन्धनको सिट बाँडफाँट ‘सहमति नजिक’ पुगेको दावी

गठबन्धनको सिट बाँडफाँट ‘सहमति नजिक’ पुगेको दावी


ग्लोब नेपाल
54
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलले भागबण्डा लगाउन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू सोमवार पनि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए । उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए ।

‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक जारी छ , भोली ३ बजे बस्नेछ’, कार्कीको भनाइ छ । बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रीत रहेर छलफल भएको मन्त्री कार्कीले बताए ।

बैठकमा सत्ता गठबन्धनमा अन्य दललाई पनि समेट्नेबारे छलफल भए पनि कुनै निर्णय नभएको उनले बताए ।