निमावि लाइसेन्सको नतिजा असोजमा आउने, शिक्षक विज्ञापन माघमा खुल्ने

निमावि लाइसेन्सको नतिजा असोजमा आउने, शिक्षक विज्ञापन माघमा खुल्ने


ग्लोब नेपाल
18.7k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यामिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा आगामी असोजमा सार्वजनि गर्ने तयारी गरेको छ ।

आईतबार आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यतालिका अनुसार आगामी असोजका अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गर्ने उल्लेख गरेको छ । यस्तै स्थायी शिक्षकको विज्ञापन माघमा खुलाउने आयोगको कार्यतालिकामा उल्लेख छ ।

निम्नमाध्यामिक तृतिय श्रेणीको खुलाको विज्ञापन प्रकाशनका लागि कात्तिकमा प्रतिशत निर्धारण गर्ने र आगामी माघमा विज्ञापन आह्वान गर्ने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ ।