आफ्नै ट्रकमा चालक र सहचालकले लगाए आगो

आफ्नै ट्रकमा चालक र सहचालकले लगाए आगो

प्रहरी अनुसन्धान सुरु


ग्लोब नेपाल
135
Shares

दाङ । दाङमा टिप्परमा एकाबिहानै आगजनी भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । घोराही-लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी शंकास्पद भएपछि प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएको हो ।

दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

‘दुई दिनसम्म गाडी ग्यारेजमा छ । एकाबिहानै टिप्परमा आगजनी भयो भनेर खबर आउँछ । त्यो पनि ड्राइभरले गर्दैन अर्को कुनै व्यक्तिले गर्छ । गाडी खाली छ´ एसपी काफ्लेले भने- ‘टिप्परमा कति थिए मान्छे भन्दा कहिले ४ जना कहिले ३ जना भन्छ । यो शंकास्पद भयो त्यही भएर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका हौं ।’

बिहानै बन्द कर्ताहरु सडकमा नभएको र टिप्परको भाग पनि अधिकाँश फलाम भएका कारण सजिलै आगो नलाग्ने भएकाले कुनै योजना अनुसार गरिएको प्रहरीको भनाई छ । बिमा रकमका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दको मौका छोपेर आगजनी गरेको हुनसक्ने प्रहरीले अुनमान गरको छ ।

यता नेकपा माओवादी अध्यक्ष विप्लव पार्टीका जिल्ला सेक्रेटरी प्रदिप वलिले टिप्पर आगजनिमा आफुहरुको संलग्नता नरहेको बताएका छन् । बिहान ५ बजेबाट, बेलुका ५ बजेसम्म बन्द भनेका छौँ । त्यो घटना पाँच बजे अघिको देखिन्छ´ उनले भने-आगजनिमा उत्रिने भन्ने नीति छैन ।´