स्थायी शिक्षकको नतिजा दसैँअघि नै प्रकाशन गर्ने तयारी, पुसभित्र सिफारिस

स्थायी शिक्षकको नतिजा दसैँअघि नै प्रकाशन गर्ने तयारी, पुसभित्र सिफारिस


ग्लोब नेपाल
19k
Shares

काठमाडौँ । शिक्षक सेवा आयोग आर्थिक वर्ष २०७८/०७९ अन्तरर्गत गत असार ९ गतेदेखि १३ गतेसम्म लिएको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा दशैअघि सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगले गत असारमा प्राथमिक, निम्नमाध्यामिक र माध्यामिक तहको विभिन्न विषयका शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा दशैअघि नै सार्वजनिक गर्ने तयारी गरेको हो । आयोग स्रोतका अनुसार अहिले धमाधम उत्तर पुस्तिका परीक्षणको काम भइरहेको छ ।

आयोगले माध्यमिक तहको असोजदेखि कात्तिकभित्रमा नतिजा प्रकाशन गरिसक्ने र मङ्सिरमा अन्तर्वार्ता गर्ने गरी वार्षिक कार्यतालिका बनाएको छ । तर, त्यो कार्यतालिका अघि नै सम्भव भएसम्म तीनै तहको नतिजा दैश अगावै सार्वजनिक गर्ने तयारीमा आयोग लागिरहेको स्रोतले बतायो ।

आयोगको कार्यतालिका अनुसार अन्तर्वार्तामा पास भएका शिक्षकहरूलाई पुसभित्रमा सिफारिस गरेर नियुक्ति पत्र दिइनेछ । त्यस्तै आयोगले निमाविको ढिलोमा मंसिर भित्रमा नतिजा प्रकाशन गर्ने र पुसमा अन्तर्वार्ता लिँदै माघमा सिफारिस गर्ने गरी कार्यतालिका प्रकाशन गरेको छ ।

प्राविको मंसिर भित्रमा नतिजा प्रकाशन गर्ने, फागुनभित्रमा अन्तर्वार्ता गरिसक्ने र चैत्रभित्रमा सिफारिस गरिसक्ने कार्यतालिका रहेको छ । तर, सम्भव भएसम्म कार्यतालिमा तोकिएको समय अगावै नतिजा सार्वजनिक गर्ने तयारीका साथ आयोग लागिरहेको छ ।

आयोगले गत चैत १५ गते मावि, १७ गते निमावि र १९ गते प्राविको सामान्य तर्फको परीक्षा लिएको थियो । जसमा कुल १०० पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनै पर्ने थियो । तर, पहिलो चरणमै केही विषयमा माग गरे जति परीक्षार्थी उत्तीर्ण हुन सकेका थिएनन् । त्यसैले पनि आयोगले मागे जति स्थायी शिक्षकका लागि गरेको विज्ञापन अनुसार उम्मेदवार उत्तिर्ण हुने सम्भावना कम छ ।