माओवादीसँग एकता हुँदैन, आफ्नै चिह्न लिएर निर्वाचनमा जान्छौँ: माधव नेपाल

माओवादीसँग एकता हुँदैन, आफ्नै चिह्न लिएर निर्वाचनमा जान्छौँ: माधव नेपाल


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए ।

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन् ।यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको उनको भनाइ छ । ‘अहिले नेकपा माओवादी केन्द्रसँग प्रारम्भिक कुराकानी चलेको छ। एकताको कुरा चुनावअघि सम्भव छैन्। आ–आफ्नो पार्टी चुनाव चिन्हको आधारमा चुनाव लडिन्छ,’ नेपालले भने,‘तर, पाँच दलीय गठबन्धनलाई आधार बनाएर अघि बढिन्छ।’

अहिले आफूहरु चुनावलाई केन्द्रविन्दुमा राखेर हिँडेको नेपालले बताए। ‘हामीले चुनावलाई केन्द्रविन्दुमा राखेका छौं। नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर जानुपर्छ भनेका छौं। त्यसका लागि हामीले विभिन्न राजनीतिक दलसँग कुरा गर्छौं,’ नेपालले भने।