५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत (मन्त्रिपरिषद्का निर्णयसहित)

५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत (मन्त्रिपरिषद्का निर्णयसहित)


ग्लोब नेपाल
297
Shares

काठमाडौं । सरकारले ५८४ जना अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ।

भदौ ६ गते बसेको मन्त्रपरिषद बैठकले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गरी कूल ५८४ जना अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ।

मन्त्रपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहरी विकास मन्त्रालयमा ३८० र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा २०४ गरी कूल ५८४ जना राजपत्रांकित श्रेणीका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको जानकारी दिए। यस्तै, बैठकले महिला,शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव न १३२५ र १८२० कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको पनि कार्कीले बताए ।

बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न पूर्वमुख्यसचिव लिलामणि पौड्यालको उच्चस्तरीय तलव सुविधा आयोग पनि गठन गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषद्का निर्णयहरू :