एमालेको निष्कर्षः वाम तालमेल हुदैन, एकढीक्का भएर गठबन्धनको सामना गर्ने

एमालेको निष्कर्षः वाम तालमेल हुदैन, एकढीक्का भएर गठबन्धनको सामना गर्ने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । संघिय संसदको सबैभन्दा ठुलो प्रमुख विपक्षी दल नेकपा एमालेले वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढीक्का भएर चुनावको सामना गर्ने भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्र लगाएतका पार्टीसँग तालमेल सम्भावना सकिएको निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख एवम् प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनका अनुसार अब कुनै पनि गठबन्धनको नाममा पार्टीभित्र फरक/फरक धारणा आउन नहुने कुरा बैठकमा नेताहरुले उठाएका छन् ।

‘अहिले एमालर्को लोकप्रिय मत ३४ प्रतिशत हो। कांग्रेसको ३३ प्रतिशत र अरुको ८/१० होला’ उनले भने, ‘गठबन्धन भएन भनेर चुनावमा जानै हुँदैन भन्ने होइन। गठबन्धन भएन भने एमाले चुनावमा जाँदै भन्ने होइन। एक्लैले चुनाव लडेर सबै कुराको सामना गर्नुपर्छ।’

उनले विचार मिल्नेसँग तालमेल हुन सक्ने बताए पनि माओवादीसँगको सम्भावना सकिएको उल्लेख गरे। ‘सुशासन समृद्धिको अभियानमा लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको एजेन्डा मिल्नेसँग तालमेल हुन्छ’, उनले भने, ‘तर माओवादी र अन्य वाम दलहरुसँगको तालमेल सम्भावना सकिएको छ।’

स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने बताए पनि आफूलाई वामपन्थी भन्नेहरु कांग्रेस छाडेर फर्किने अवस्थामा नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्ष बैठकले निकालेको छ ।