काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरास्थित खिचापोखरीमा रहेको आरबी कम्प्लेक्सको अगाडि समेत डोजर चलाएको छ ।
महानगरले अण्डरग्राउण्डमा रहेका पसलहरू खाली गराएर अवैध संरचनामा डोजर चलाएको हो । पार्किङका लागि नक्सा पास गरेर सटर भाडामा दिएपछि महानगरले खाली गराउन लागेको महानगरपालिकाले जनाएको छ । यसअघि काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो ।
महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।
यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।
प्रतिक्रिया