‘भवनको नक्सा पासको अभिलेख पठाउनू, नपठाए कारबाही हुन्छ’

‘भवनको नक्सा पासको अभिलेख पठाउनू, नपठाए कारबाही हुन्छ’


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्ला अदालतलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ ।

अदालत भवनको नक्सा पास नभेटिएकाले सो को प्रमाण पठाउन महानगरले जिल्ला अदालतलाई पत्र लेखेको हो। महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार हप्ता/दशदिन अघि नै अदालतलाई अभिलेख उपलब्ध गराउन पत्र पठाइएको हो।

विभागका प्रमुख शाक्यले भने,’हामीले काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटाएका छैनौं । नक्सा पासको विवरण पठाउन भनेर पत्र काटेका छौं ।’ नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगर प्रमुख बालेन्द्र शाहले बताएका छन्।

अदालतले सो को अभिलेख नपठाए कानुन अनुसार कारबाही गर्ने शाक्यले जानकारी दिए। उनले भने, ’अदालतको नक्सा पास भएको हामीले प्रमाण भेटेनौं । हामीले पत्र काटेर त्यसको जानकारी दिन भनेका छौं । यदि छैन भने कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।’