लोक सेवाले भन्यो: स्थगित भएका परीक्षा कार्यक्रम तत्काल प्रकाशन गर्छौ

लोक सेवाले भन्यो: स्थगित भएका परीक्षा कार्यक्रम तत्काल प्रकाशन गर्छौ


ग्लोब नेपाल
81
Shares

काठमाडौं । लोक सेवा आयोगले सर्वोच्च अदातको अन्तरिम आदेशबाट रोकिएका परीक्षाहरु तत्काल सञ्चालन गर्ने भएको छ ।

बुधबार आयोगका सूचना सहसचिव एव् प्रवक्ता तोयानारायण सुवेदीले एक प्रेस विज्ञप्ति निकाल्दै कर्मचारी समायोजनसम्बन्धि रिटमा यसअघि सर्वोचको अन्तिम आदेश बमोजिम स्थिगित भएका परीक्षा सर्वोच्चको संवैधानिक इजलासले मंगलबार पदपूर्ति सम्बन्धि कामकारवाहि अगाडी बढाउन मिल्ने गरि गरेको अन्तिम फैसला अनुसार यथाशिघ्र परीक्षा कार्यक्रम प्रकाशन गरिने बताएका छन् । उनका अनुसार अब कम्तिमा १५ दिनको समयावधि दिएर परीक्षा कार्यक्रमहरु प्रकाशन गरिनेछ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट मिति २०७९०५०७ गते कर्मचारी समायोजन सम्बन्धि रिट निवेदनहरुमा भएको अन्तिम फैसला एवं आदेश अनुसार यसअघि सम्मानित सर्वोच्च अदालतबाट विभिन्न मितिमा भएका अन्तरिम आदेशबमोजिम स्थगि रहेका विभिन्न सेवा, समूह श्रेणी र पदका लिखित परीक्षा तथा नतिजा प्रकाशन सम्बन्धि कार्यहरु उक्त फैसलामा पदपूर्ति सम्बन्धि कामकारवाही अगाडी बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम कम्तिमा १५ दिनको समयावधि दिई यथाशिघ्र प्रकाशन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुृरोध छ ।’