काठमाडौं । संघिय संसदको तल्लो सदन प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराभदौ १५ गते बयानका लागि बोलाउने भएको छ ।
बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । यससँगै समितिले आफ्नो आन्तरिक कार्यविधि र कार्यतालिका पारित गरेको छ । महाअभियोग सिफारिस समितिले बुधबार पारित गरेको कार्यतालिकामा १५ भदौको विहान ११ बजे जबरालाई सोधपुछका लागि बोलाउने उल्लेख छ ।
‘आन्तरिक कार्यविधि र समितिको कार्यतालिका पारित गरिएको छ । दुवै परिमार्जनसहित पारित भएको हो । चोलेन्द्र शमशेर जबरालाई सोधपुछ बयानका लागि भदौ १५ गते ११ गते बोलाउने निर्णय गरियो’, समितिका ज्येष्ठ सदस्य विष्टले भने । त्यसअघि ९ देखि १२ भदौसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख छ।
समितिले भदौ १८ वा १९ गते प्रतिनिधि सभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको पनि विस्टले बताए ।
प्रतिक्रिया