राष्ट्रपतिले बोलाइन् आफ्नो सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारी

राष्ट्रपतिले बोलाइन् आफ्नो सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारी


ग्लोब नेपाल
108
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीहरुलाई शितलनिवासमा भेटका लागि बोलाएकी छन् ।

राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार भेटका लागि शीतल निवासमा बोलाएको सुरक्षा स्रोतले जनाएको छ । उनी पहिलो पटक २०७२ कात्तिक १२ मा निर्वाचित भएकी थिइन् । त्यसैगरी दोस्रो पटक २०७४ फागुन २९ मा निर्वाचित भएकी हुन् ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपतिका लागि सेनाको टुकडी परिचालन गर्ने गरिएको छ । शीतलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर उनले भेट गरेकी हुन् । भेटमा के–के कुराकानी भयो भन्ने विस्तृत विवरण आएको छैन । यद्यपि, सुरक्षा सम्बद्ध स्रोतले भण्डारीले सुरक्षाकर्मीहरुलाई ‘धन्यवाद दिएको’ स्रोतले बतायो ।

राष्ट्रपति भण्डारी संसदबाट नागरिकता विधेयक जस्ताको तस्तै फर्काइएपछि असन्तुष्ट छन् । पछिल्लो समय उनले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर भेटघाट गरिरहेकी छन् । संविधानविद्हरुसँगको छलफलमा पनि उनले नागरिकता विधेयक जस्ताको तस्तै आएकोप्रति चिन्ता व्यक्ति गरेकी थिइन् ।