एक्लै उडान भर्ने विश्वकै कान्छो पाइलट

एक्लै उडान भर्ने विश्वकै कान्छो पाइलट


ग्लोब नेपाल
135
Shares

ब्रसेल्स । बेल्जियम र बेलायतको दोहोरो नागरिकता भएका १७ वर्षीय किशोर म्याक रुथरफोर्डले विश्वमै एक्लै उडान भर्ने पाइटलको नयाँ कीर्तिमान कायम गरेका छन् । बुल्गेरियामा हिजो उनले उडान भरेको विमान अवतरण गरेपछि उनी सानो विमानमा एक्लै उड्ने सबैभन्दा कान्छो पाइलट बनेका हुन् । यो कीर्तिमानका लागि पाँच महिनाअघि म्याकको यात्रा सुरु भएको थियो ।

आफ्नो कार्य पूरा गर्न र दुई गिनिज वर्ल्ड रेकर्ड दाबी गर्न बुल्गेरियाको राजधानी, सोफियाको पश्चिममा उनले एयरस्ट्रिप अवतरण गरेका हुन् । रुथरफोर्ड एक्लै संसारको परिक्रमा गर्ने सबैभन्दा कान्छो व्यक्ति बन्नुका साथै माइक्रोलाइट प्लेनमा विश्व परिक्रमा गर्ने सबैभन्दा कान्छो पाइलट बनेका हुन् ।

उनको स्वागत र उपलब्धिमा खुसियाली मनाउन मानिसहरूको ठूलो भीड एयरपोर्टमा जम्मा भएको थियो। म्याकले आफ्नो उपलब्धिले युवाहरूलाई आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने आशा व्यक्त गरे ।