रेशम चौधरीकी पत्नी कैलाली-१ बाट उम्मेदवार बन्ने

रेशम चौधरीकी पत्नी कैलाली-१ बाट उम्मेदवार बन्ने


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आगामी प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। बुधबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष चौधरीले उक्त घोषणा गरेकी हुन्।

‘२०७९ साल मंसिर चार गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलालीका ५ क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट म आफ्नो उम्मेदवारीको घोषणा गर्न चाहन्छु’, उनले भनिन्।

रञ्जिता २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रेशम चौधरीकी श्रीमति हुन्। टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम चौधरी कारागारमा छन् । कारागारमै भएकाले रेशमले चुनाव लड्न सम्भव नभएपछि रञ्जिताले आफू उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।