१६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न कार्यदललाई गठबन्धनको निर्देशन

१६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न कार्यदललाई गठबन्धनको निर्देशन


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले १६५ निर्वाचन क्षेत्रकै अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सत्तारुढ गठबन्धनको बैठकले देशभरका निर्वाचन क्षेत्रको अवस्थाबारे अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘आज फेरि कार्यदलमै जिम्मेवारी दिने शीर्षस्थ नेताबाट निर्देशन भएको छ,’ उनले भने, ‘कार्यदललाई १६५ नै निर्वाचन क्षेत्रको अवस्था कस्तो विस्तृत भनेर प्रतिवेदन पेस गर्ने जिम्मेवारी प्रदान भएको छ ।’

शीर्षस्थ नेताहरुले दिएको निर्देशन अनुसार आज ४ बजे कार्यदलको बैठक बस्ने उनले जानकारी दिए ।