वाममोर्चाको नेतृत्व गरौं, दुईतिहाइ आउँछ (प्रस्तावसहित)

वाममोर्चाको नेतृत्व गरौं, दुईतिहाइ आउँछ (प्रस्तावसहित)


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रभावशाली नेता घनश्याम भुसालले पार्टीको जारी तीनै तहका कमिटी बैठकमा वाम एकताको पक्षमा आफ्नो बेग्लै प्रस्ताव पेस गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनले भदौ ७ गतेकै स्थायी कमिटी बैठकमा चार पेज लामो ‘फरक मत’ पेस गरेका थिए । बिहिबारको पोलिटब्यरो बैठकमा पनि भूसालले आफ्नो मत पेश गरेको छन् । उनले पेश गरेको ४ पृष्ठ लामो प्रस्तावमा नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय राजनीतिमा वाम वर्चस्वको पुनर्स्थापनाका लागि प्रस्तावमा उक्त कुरा उल्लेख गरेका छन्।

भुसालले नेकपा एमालेले वामपन्थी एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने भन्दै माओवादी वा नेकपा एसबाट त्यो सम्भव नहुने तर्क गरेका छन् । उनले अझै पनि वामपन्थी दलहरू एकजुट भएर जनताबीच स्वेतपत्र जारी गरेर जाने हो भने दुईतिहाइ बहुमत प्राप्त हुने दाबी गरेका छन् ।

अहिले नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेका स्थानीय तह जम्मा ३४७ छन्। ‘कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारण गुमेका छन्। त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो,’ भुसालको प्रतिवेदनमा भनिएको छ, ‘फेरि निर्वाचन आउँदै छ। स्थानीयको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ। त्यसको अर्थ संसदमा दुईतिहाइभन्दा बढी हो। वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्गै छ।’

कम्युनिष्ट पार्टी विभाजित हुने र नेपाली कांग्रेसले नेकपा एमालेविरुद्ध कम्युनिष्ट पार्टीहरुलाई नै प्रयोग गर्ने अवस्था देखिएको उनले लेखेका छन्।

साथै भुसालले नेकपाकालीन विवाददेखि पछिल्ला घटनाक्रमसम्म सबै पक्षका गल्ती रहेको स्वीकार गर्न हिच्किचाउन नहुने बताएका छन् । उनले चुनावअघि नै वामपन्थी एकता कसरी हुन्छ भन्नेबारे प्रस्तावमा खुलाएका छैनन् ।

हेर्नुस् घनश्याम भुसालको प्रस्ताव: