सत्ता गठबन्धनले अझै सकेन सिट बाँडफाँट गर्न 

सत्ता गठबन्धनले अझै सकेन सिट बाँडफाँट गर्न 


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । बिहीबार बसेको गठबन्धन बैठकमा सिट फाँडफाँटमा सहमति नजुटेको हो ।

यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो । तर, सहमति नजुटाई विनानिष्कर्ष बैठक सकिएको छ । सिट फाँडफाँटका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै शीर्षनेतालाई सिट बाँडफाँटको जिम्मेवारी दिइएको छ । तर, शीर्षनेताहरुले पनि सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा दलहरुले आ–आफ्नो अडान राख्दा सहमति नजुटेको हो । सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बस्ने तयारी गठबन्धनको छ । 

आगामी ४ मंसिरमा हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन एक भएर जाने निर्णय गरेका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो ।