नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा चल्यो डोजर

नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा चल्यो डोजर


ग्लोब नेपाल
108
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचनामा डोजर चलाएको छ ।

मापदण्डविपरीत बेसमेन्टको दुरुपयोग गरिएको भन्दै महानगरले डोजर लगाएर भत्काएकाे हाे । यसअघि बिहान सोही स्थानमा पुगेका काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)सँग घरबेटी द्विराज शर्मासँग झोक्किँदै सवाल जवाफमा उत्रिएका थिए । तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् ।

अल्फाबिटाले पार्किङ भनेर नक्सा पास गरेर अनधिकृत संरचना बनाएको थियो ।अवैध रुपमा हालेको सटर हटाएको छ । फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको छ ।