प्रतिनिधि सभा निर्वाचनमा ८७ दल सहभागी हुने, कुन प्रदेशमा कति ?

प्रतिनिधि सभा निर्वाचनमा ८७ दल सहभागी हुने, कुन प्रदेशमा कति ?


ग्लोब नेपाल
81
Shares

काठमाडौं । आगामी ४ मंसिरका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा ८७ वटा राजनीतिक दल भाग लिन पाउने भएका छन् ।

राजनीतिक दलबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातको अध्ययन र जाँचबुझ गर्दा ८७ राजनीतिक दल कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ । त्यस्तै संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४ वटा रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा चुनावमा लागि ७९ वटा निर्वाचन चिह्न रहेको छ ।

त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी ७५ वटा दल सहभागी हुने भएका छन् । त्यसपछि वाग्मती प्रदेशसभा चुनावमा ७२ दलले भाग लिनेछन् । त्यसैगरी प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४/४ वटा रहेको आयोगले जनाएको छ ।