शिक्षक सेवाद्वारा माविकाे लाइसेन्स वितरण सुरु (सूचनासहित)

शिक्षक सेवाद्वारा माविकाे लाइसेन्स वितरण सुरु (सूचनासहित)


ग्लोब नेपाल
10.3k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरु गरेको छ।

आयोगले साउन ३ गते प्रकाशित विज्ञापन नम्बर ३७/०७८ माध्यामिक तह अध्यापन अनुमतिपत्रको नतिजामा सफल भएका उम्मेदवारहरुको अध्यापन अनुमतिपत्र परीक्षा केन्द्र कायम भएको जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा पठाइसेकको जनाएको छ ।

सफल भएका उम्मेदवारले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइबाट अध्यापन अनुमति पत्र लिन सक्ने आयोगले जानकारी दिएको छ । अध्यापन अनुमतिपत्र वितरण कार्य सुरु भएको एकवर्ष भित्र सम्बन्धित जिल्लाबाट लिई सक्नु पर्ने आयोगले अहिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अध्यापन अनुमतिपत्र प्राप्त गर्नको लागि माध्यमिक शिक्षा परीक्षा देखि स्नातक तह सम्म उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, शिक्षा विषयमा कम्तीमा १० महिना तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि, मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्त्रामा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको भए उक्त योग्यता नै तालिम सरह हुने तर विज्ञान, गणित, अङ्ग्रेजी, लेखा, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयबाट स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेकाको हकमा तालिम अनिवार्य नहुने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

सूचना: