चुनावी रणनीति तय गर्न एमाले केन्द्रीय कमिटी बैठक जारी

चुनावी रणनीति तय गर्न एमाले केन्द्रीय कमिटी बैठक जारी


ग्लोब नेपाल
162
Shares

काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, आगामि चुनाव र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठक आसन्न मंसिर ४ को निर्वाचनमा केन्द्रित छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य राखेर शुरु गरेका हुन् ।बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनसँगै केन्द्रीय कमिटी सदस्यहरूको सपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, उम्मेदवारको छनोटको मापदण्ड ,स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदनलगायत ११ एजेण्डा छन् ।

समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने कार्यसूची रहेको प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । केन्द्रीय कमिटीको बैठक भोलिसम्म चल्नेछ ।