धरान पुगेका प्रचण्ड हर्क साम्पाङको वृक्षारोपण अभियानमा सहभागी

धरान पुगेका प्रचण्ड हर्क साम्पाङको वृक्षारोपण अभियानमा सहभागी


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार सुनसरीको धरान पुगेर वृक्षारोपण गरेका छन्।

बिहान जहाजबाट विराटनगर उत्रिएपछि धरान पुगेरका प्रचण्ड धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागि भएका हुन् । उनी धरान पुगेर प्रदेश नं १ को केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा सहभागी हुनेछन्। त्यसअघि उनी सर्दुखोला जलाधार क्षेत्रमा पुगेर विरुवा रोपेका हुन्। विरुवा रोप्ने क्रममा धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम वेघा पनि सहभागी भए।सो क्रममा उनले कम्युनिष्ट पार्टी र विशेष गरेर माओवादीले गर्नुपर्ने काम मेयर साङ्पाङले गरेको भन्दै प्रशंसा गरेका छन् ।

“सिंगो देशले उहाँको कामलाई गम्भीरतापूर्वक हेरेको छ । हामी कम्युनिष्टहरु र विशेष गरेर हामी माओवादीले गर्नुपर्ने काम उहाँले गर्नुभएको छ । सबै पार्टीका साथीहरुलाई उहाँबाट प्रेरणा लिन अनुरोध गर्न चाहन्छु,” प्रचण्डले भने, “यसरीनै जनतासँग जाडिरहुनहोस्, जनताको साथ पाइरहनुहोस् । उमपमेयर हाम्रै पार्टीबाट हुनुहुन्छ । उहाँहरुको जोडी र अनुहार पनि मिलेको छ । यो राम्रो अवसर हो ।”