‘निश्चित समयको अन्तरालपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता’

‘निश्चित समयको अन्तरालपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता’


ग्लोब नेपाल
432
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले वैवाहिक अंगीकृतहरुको हकमा निश्चित समयको अन्तरालपछि मात्रै नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएको छ ।

शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकबारे ७ बुँदे धारणा अघि सार्दै निश्चित समयको अन्तरालपछि मात्रै नागरिकता पाउनुपर्ने बताएका हुन्।

ओलीले आफ्नो प्रतिवेदनमा बैबाहिक अंगीकृतको हकमा निश्चित समयपछि मात्रै नागरिकता दिनुपर्ने र त्यतिन्जेलका लागि परिचयपत्र दिनुपर्ने बताएका छन् । नागरिकताताका सम्बन्धमा संविधानमा गरिएको व्यवस्था कार्यान्वयन गर्न नयाँ ऐन बनाउनुपर्नेमा ओलीको जोड छ । उनले प्रतिवेदनमा भनेका छन्, ‘यसका लागि विगतमा संसदमा प्रस्तुत गरिएको नागरिकता विधेयक र सम्वन्धित समितिमा यससम्बन्धमा भएका छलफल र निष्कर्षहरुलाई आधार बनाउनुपर्छ ।’

साथै लैगिक समानता, आमाको आत्मसम्मान, आमाको नामबाट नागरिककता पाउने संवैधानिक प्रबन्धनको कार्यान्वयन लगायतका प्रश्नमा राष्ट्रपतिले उठाएका प्रश्नमा गम्भीर छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।

हेर्नुहोस नागरिकता विधेयकबारे एमालेको धारणा ७ बुदामा