राहदानी विभागले भन्यो: आइतबारदेखि बेसमेन्टमै पार्किङ हुन्छ

राहदानी विभागले भन्यो: आइतबारदेखि बेसमेन्टमै पार्किङ हुन्छ

फाराममा तोकिएको मितिमा मात्रै आउन सेवाग्राहीलाई अनुरोध


ग्लोब नेपाल
108
Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागले आफ्नो अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा पार्किङ खुल्ला गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले बेसमेन्टमा रहेको प्रतीक्षा कक्ष हटाउन भन्दै कुर्सीहरु उठाएर खाली गरेपछि विभागले एक सूचना जारी गर्दै खुल्ला गर्ने बताएको हो । विभागले शुक्रबार सूचना प्रकाशित गरी आगामी आइतबार (भदौ १२) देखि पार्किङ खुला गरिने जानकारी गराएको हो। यस्तै, विभाग बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन पनि सूचना मार्फत गरिएको छ ।

‘विभागको बेसमेन्ट राहदानी आवेदकहरुका लागि होल्डिङ एरियाको रुपमा प्रयोग हुँदै आएकोमा अबदेखि सेवाग्राहीका लागि पार्किङस्थलका रुपमा प्रयोग हुन काठमाडौं महानगरपालिकाले बेसमेन्ट खाली गराएकाले आइतबारदेखि सो बेसमेन्ट सेवाग्राहीका लागि पार्किङ स्थलको रुपमा प्रयोग हुने व्यहोरा व्यहोरा सम्बन्धित सबैको जानकारी लागि अनुरोध छ.’ विभागले जारी गरेको सूचना छ ।

विभागले राहदानी सेवा लिन आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदकमात्र आउन, विभागमा बाहिर सडकमा भीडभाड गर्नसमेत आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाले पटक पटक छलफलमा पार्किङको लागि ठाउँ खाली गर्न भन्दै ताकेता गरेता पनि नमानेपछि प्रहरी लगाएर ठाउँ खाली गरेको थियो ।