आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जन्म भएको दिनलाई मोती जयन्तीको रुपमा मनाउने गरिन्छ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको वि.सं. १९२३ सालको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्म भएको थियो ।

श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पर्याएका भट्टले कथा, नाटक र निबन्ध लगायतको रचना गरेका छन् । ३० वर्षकै अल्पायुमा वि.सं. १९५३ सालमा भाद्र कृष्ण औँसीकै दिन उनको निधन भएको थियो । भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ । थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले वि.सं. १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए । भट्टको शकुन्तला नाटक र काव्य, सम्पूर्ण रामायण, रामायण बालकाण्डल लगायत पुस्तकहरू प्रकाशनमा छन् ।