प्रधानमन्त्रीले उद्घाटन गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

प्रधानमन्त्रीले उद्घाटन गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र


ग्लोब नेपाल
81
Shares

बुटवल । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन गरिएकाे छ।

शनिबार रुपन्देहीको बुटवल उपमहानगर पालिका वार्ड नम्बर ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । शनिवार एक कार्यक्रमको बीच प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् । सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्रमा दुई चरणमा गरी सम्पन्न भएको हो

सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही(२ का सांसद पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत सहभागी थिए ।

नेकपा एमालेको बुटवलमा भएको आठौ। महाधिवेशनले बुटवल मण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन आवश्यक रहेको एजेण्डा पारित गरे अनुरुप आफूले बुटवलको ‘ड्रिम पोजेक्ट’का रुपमा यो योजना अघि बढाएको र आफ्नै पहलमा वजेट विनियोजन गरेको पूर्वअर्थमन्त्री समेत रहेका रुपन्देही(२ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले बताए ।

सम्मेलन केन्द्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा योजना छनौट, गुरुयोजना र डीपीआर निर्माण, वजेट विनियोजन, बहुवषिर्य ठेक्काको लागि सहमति लगायतका काममा आफूले अगुवाई गरेको पौडेलले बताए ।

सम्मेलन केन्द्रसँगै बुटवल मण्डपभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल पनि सम्पन्न हुंदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, औद्योगिक ब्यापार मेला, प्रदर्शनी, बैठक र कार्यक्रमहरु आयोजना भई रुपन्देहीको आर्थिक विकासमा थप मद्दत पुग्ने पौडेलले विश्वास व्यक्त गरेका छन् । आयोजना छनौटदेखि निर्माण सम्पन्न हुने चरणसम्म ल्याउन योगदान गर्ने सबैप्रति पौडेलले धन्यवाद दिएका छन् ।