गोकर्णेश्वरमा कुशेऔंशीको दिन बुवाको सम्झना (फोटोफिचर)

गोकर्णेश्वरमा कुशेऔंशीको दिन बुवाको सम्झना (फोटोफिचर)


ग्लोब नेपाल
351
Shares

काठमाडौं । आज कुशेऔंशी अर्थात बुबाको मुख हेर्ने दिन । यस अवसरमा काठमाडौंको गोकर्णेश्वरमा आफ्ना स्वर्गीय पितालाई सम्झिने सर्वसाधारणहरुको ठुलो भिड लागेको छ ।

आज बिहानैदेखि गोकर्णेश्वरमा आफ्ना दिवंगत बुवालाई सम्झिनेहरूको ठूलो भीड लागेको हो । त्यहाँ पुगेर सन्तानले स्नान गर्नुका साथै बुवाको श्राद्ध गरेका छन्। यस पर्वमा छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदरभावका साथ मुख हेर्ने चलन प्राचीन कालदेखि चलिआएको छ ।

बाबु नहुनेले भने काठमाडौँ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।

हेर्नुहोस्, गोकर्णेश्वरमा स्वर्गीय पितालाई सम्झिदै गरेका केही तस्वीरहरू