तीज कार्यक्रममा रम्दै एमाले अध्यक्ष ओली

तीज कार्यक्रममा रम्दै एमाले अध्यक्ष ओली

बजाए हार्मोनियम र गिटार


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेकपा एमालेले महिलाहरूको ठुलो पर्व तीजको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियाे । काठमाडौंको एभरेस्ट होटेलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी भएका थिए ।

उनीहरूले महिला नेताहरूसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए ।

साँझ ६ बजेदेखि सुरु भएकाे रात्रिभोज चलिरहेको थियाे । दुई दिनसम्म चलेको केन्द्रीय कमिटीमा सहभागी नेताहरुलाई रात्रिभोजमा आमन्त्रणा गरिएकाे थियाे । एमालेले आज केन्द्रीय निर्वाचन कमिटी बैठक बोलाएको छ।